• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

गैरी खेतैमा दश लाख दर्शक,सेन्टी गीतमा समेत दर्शक स्रोताको मन जिते रोशनले

रोइला गीत मार्फत आफ्नो परिचय फराकिलो बनाएका लोकप्रिय गायक तथा कुशल सर्जक रोशन गैरेको नयाँ गीत गैरी खेतैमा बोलको गीतले छोटो समयमै दश लाख दर्शक बनाउन सफल भएको छ ।

गीत टिकटमा समेत निकै भाइरल बनिरहेको छ भने यो गीतका पचास हजार भन्दा धेरै भिडियो बनेका छन । गीतले सार्वजनिक भएको छोटो समयमै सबैको मनमा बस्न सफल भएको छ ।

नयाँ च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई दश लाख दर्शक बनाउनु त्यो पनि सेन्टी गीतमा । यो अत्यन्तै सफल गीतको रुपमा लिन सकिने जानकारहरु बताउछन ।

यो समाचार तयार पार्दा सम्म गीतले दश लाख हाराहारीमा दर्शक बनाएको छ भने २२ हजार भन्दा धेरैले गीतलाई लाइक गरेका छन भने एक हजार भन्दा धेरैले गीतलाई प्रतिक्रिया दिएका छन । गीतका सबै प्रतिक्रियाहरु गीतको प्रशंसा गरेका छन ।

गीतलाई रोशन आफैले लेखेका हुन भने कृष्ण सापकोटाले लय सिर्जना गरेका छन् । गीतको म्युजिक भिडियो निर्देशन राजीव सुमारले गरेका छन् भने हास्य कालाकर बलेले यो पटक विरहको गीतमा दमदार अभिनय गरेका छन् । भने उनलाई अभिनयमा जुना सुन्दासले साथ थिएकी छन ।

गीतको पूर्ण सफलताको शुभकामना सहित सो गीतको म्युजिक भिडियो यहाँ हरुको लागि

प्रतिक्रिया