• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सेन्टी गीतमा गणेश र स्मृतिको जोडी जम्यो,आँसुको कारखाना, अभाव पछि पार्सपोट हरियो पनि लोकप्रिय बन्यो

गुल्मी मा बसेर पनि नेपाली गीत संगीतमा खरो उपस्थिति जनाइरहेका गायक गणेश अधिकारी र निर्देशक स्मृति तिमिल्सेनाको सांगीतिक सहकार्य निकै सफल बनिरहेको छ ।

आँसुको कारखाना,अभाव जस्ता उत्कृष्ट प्रस्तुति दिएका यो जोडीले पछिल्लो समय सार्वजनिक गरेको गीत पासपोर्ट हरियो समेत छोटो समयमै निकै लोकप्रिय बनेको छ । गीतलाई उत्कृष्ट प्रतिक्रिया संगै पाँच लाख दर्शक बनाएको छ । सेन्टि गीतमा स्मृतिको निर्देशन समेत उत्कृष्ट रहँदै आएको छ ।

गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा गणेश अधिकारी र अस्मिता बुढाथोकीको आवाज रहेको छ ।

गीत सार्वजनिक हुनु पुर्वनै सामाजिक सञ्जालमा निकै चर्चा रहेको थियो । बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन ।।

गीतको सामाजिक सञ्चालमा चर्चा भइरहेको छ,सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ, विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गर्नेमा आफू आशावादी रहेको गायक तथा सर्जक अधिकारीले हामीलाई बताउनु भयो ।

गीतमा सारिका केसी र राजन विक तथा साथीहरुको अभिनय रहेको छ । गीतमा सबै टिमले निकै मेहनत गरेका छन् । भने आक्रमक प्रतिक्रिया समेत गीतले पाउन सुरु गरेको छ । आउनुहोस् सो गीतको पुरै भिडियो हेरौ

प्रतिक्रिया