• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

लेख्दा लेख्दै सर्जक शिव हमालको आँखा रसाएको गीत आज मुटु दुखेनस किन – भिडियो सहित

लोकप्रिय सर्जक शिव हमालका हरेक सिर्जनाले सबैका मन जित्ने गरेका छन । विछोडका गीत होस या मिलनका हमालका हरेका सिर्जना निकै उत्कृष्ट हुने गरेका छन । देउरालीको भट्टपसल देखि लालुमै होस या साइलो । हरेक सिर्जनामा विविधमा पाइन्छ हमालको ।

प्राय आफुले सिर्जना गरेका गीतहरु आफ्नो मन छुनु स्वभावीकनै हो तर एउटा यस्तो गीत छ जुन गीत सिर्जना गर्दा सर्जक हमाल आफुलाईनै सम्हाल्न सकेनन् । गीत हो आज मुटु दुखेनस किन ? माया प्रेममा विछोड भएका मायालु जोडीहरुको कथालाई उत्कृष्ट रुपमा गीतमा प्रस्तुत गरिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

विष्णु माझी र बालाराम विकको आवाज रहेको सो गीतमा शिवको लय तथा शब्द सिर्जना रहेको छ । गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ भने गीतलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन । गीतमा शिशिर पौडेल र आयुष्मा कार्कीको दमदार अभिनय रहेको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै मोडल शिशिर पौडेलले गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया