• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

शान्ती श्री र होमनाथ आचार्यले लगाए खमारीको मादलुमा खरी

जय नेपाल फिल्मस् को प्रस्तुतिमा होमनाथ आचार्यको मौलीक लोक दोहोरी गीत “खमारी को मादलुमा खरी” बोलको गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । (खमारी भनेको एउटा रुखहो जुन रुखबाट गाउँ घरमा मादल बनाईन्छ) ।

बहुचर्चित गायिका शान्तिश्री परियार र प्रदेशी गायक होमनाथ आचार्यको आवाजमा रहेको गीतमा लय तथा शब्द ईश्वर बाबुको रहेको छ ।

संजय श्रीपालीले संगीत संयोजन गरेर मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा गोबिन्द वलिले रेकर्ड गरेको यो गीतको म्युजिक भिडियोलाइ भने पछिल्लो समयका ब्यस्त निर्देशक ईश्वर बाबुले निर्देशन तथा सम्पादन गरेको भिडियोको छायांकन भने कमल जि.एम. ले गरेका हुन । भिडियो मा ईश्वर बाबु, भिमा घर्ती, होमनाथ आचार्य, लक्ष्मी पहाडीको अभिनय देख्न सकिन्छ । होमनाथ आचार्य को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो

प्रतिक्रिया