• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

पासपोर्ट हरियोलाई दर्शकका दुई हजार प्रतिक्रिया,गीत चर्चाको शिखरमा

केहि दिन अघि मात्र सार्वजनिक भएको गीत पासपोर्ट हरियोलाई दर्शकले युउटुवमा करिव दुई हजार प्रतिक्रिया प्राप्त भएका छन । दर्शकले दिएको प्रतिक्रियाहरु अधिकाशंक उत्कृष्ट गीत भन्ने रहेको छ ।

गीतले दर्शक पनि राम्रै बनाइरहेको छ । गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा गणेश अधिकारी र अस्मिता बुढाथोकीको आवाज रहेको छ ।

गीत सार्वजनिक हुनु पुर्वनै सामाजिक सञ्जालमा निकै चर्चा रहेको थियो । बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन ।।

गीतको सामाजिक सञ्चालमा चर्चा भइरहेको छ,सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ, विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गर्नेमा आफू आशावादी रहेको गायक तथा सर्जक अधिकारीले हामीलाई बताउनु भयो ।

गीतमा सारिका केसी र राजन विक तथा साथीहरुको अभिनय रहेको छ । गीतमा सबै टिमले निकै मेहनत गरेका छन् । भने आक्रमक प्रतिक्रिया समेत गीतले पाउन सुरु गरेको छ । आउनुहोस् सो गीतको पुरै भिडियो हेरौ

प्रतिक्रिया