• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय ,
  • समाचार

आस्थालाई पक्राउ गर्ने बाटो खुल्यो, यस्तो हुनेछ कानुनी कारबाही – भिडियो सहित

काठमाडौं । गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।

आइतबार महानगरी प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो ।

सांगीतिक कार्यक्रमको लागि आस्था अहिले भारतको सिक्किममा छिन् । अब उनी नेपाल आउनेबित्तिकै पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।

काठमाडौं प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

आस्थाले गत बुधबार सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

भारत जाने क्रममा भद्रपुरको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका आस्थाले आरोप लगाएकी थिइन् ।

निकै आक्रोशित आस्थाले प्रहरीविरुद्ध तल्लो स्तरको भाषामा गालीगलौज गरेकी थिइन् ।

प्रतिक्रिया