• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

गायक प्रेम सापकोटालाई नयाँ बर्षमा दुई खुसी,सन्तान प्राप्ती सँगै पछिल्लो गीत बन्यो लोकप्रिय बनायो दश लाख दर्शक

सार्वजनिक भएको छोटो समयमै लोकप्रिय गायक प्रेम सापकोटा सोनुको गीत जाले रुमालले दश लाख दर्शक बनाउन सफल भएको छ । गीत सामाजिक सञ्जालहरुमा अझ निकै लोकप्रिय बनेको छ ।

नयाँ बर्ष लागे सँगै सापकोटालाई २ खुसी पनि थपिएको छ । उनी छोराको बाउ समेत बनेका छन भने पछिल्लो गीतलाई दर्शक स्रोताले निकै माया समेत गरेका छन ।

जापानमा रहेर पनि नेपाली गीत संगीत र नयाँ कलाकाहरुलाई माया गर्ने सापकोटाको यो गीत लोकप्रिय बने सँगै चर्चा चुलिएको छ । दोहोरी साँझबाट उदायका गायक तथा सर्जक सापकोटा बहुमुखि प्रतिभाका धनि रहेका छन ।

गीत लाई माया गर्ने सबै प्रति धन्यवाद ब्यक्त गर्दै गायक तथा सर्जक सापकोटाले सफलता सँगै आफुलाई उर्जा थपिएको बताए ।

नव कलाकार शान्ताको गीत सुन्दा लाग्छ उनमा निकै प्रतिभा छ भने उनले आफ्नो गीत जाले रुमाललाई निकै न्याय गरेर गायकी छन । आफुले उनको प्रतिभा देखेरै अवसर दिएका सोनुले हामीलाई बताए ।

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरविलो उपस्थिति जनाउने बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुगीत सिर्जना गरेका छन ।

प्रेम सापकोटा सोनु र शान्ता सुनारको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई प्रेम आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

स्मृति तिमिल्सीनाले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा रामजी खाँण र करिश्मा ढकालले अभिनय गरेका छन भने गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन । गीतले आज सम्म लाखौं दर्शक बनाएको छ भने गीत टिकटकमा पनि हिट रहेको छ ।

प्रतिक्रिया