• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सालको पातका सर्जक नवराज पन्तको अर्को धमाका मच्चाउने गीत,तेजश र विष्णु माझीको आवाज

लोकप्रिय सर्जक नवराज पन्तले सिर्जना गरेको अर्को उत्कृष्ट गीत आँखी गाँज भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक तेजश रेग्मी र विष्णु माझीको आवाज रहेको छ ।

नवराज पन्तले शब्द लेखेको भने पछि धेरै लोकप्रेमीहरुले उत्कृष्टताको अपेक्षा गरेका हुन्छन त्यो अपेक्षा यो गीतले पनि पुरा गरेको छ । गीतले माया प्रेमलाई निकै उत्कृष्ट तवरबाट गीतमा उठाएको छ ।

तेजश रेग्मीको लय सिर्जना रहेको सो गीत छोटो समयमै सबैको मन मुटुमा झुण्डिन सफल लय बनाइएका छन । साथै गीतको म्युजिक भिडियोलाई समेत निकै मेहनत गरेका छन निर्देशक शिव विकले ।

योगेश काजीको संगीत संयोजन रहेको गीतमा मरिष्का पोख्रेल,रक्षा श्रेष्ठ,नरेश खड्का र कविर खड्काको दमदार अभिनय रहेको छ । समग्रमा गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीतको म्युजिक भिडियो Mayalu Entertainments ले बजार ब्यवस्थापन गरेको छ ।

गीतको पुर्ण सफलताको कामना हाम्रो तर्फबाट पनि । आउनुहोस सो गीतको पुरै म्युजिक भिडियोहरु हेरौं

प्रतिक्रिया