• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

डिभोर्स पछि रामकृष्ण ढकालले सार्वजनिक गरे रोमान्टिक भिडियो

चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत रिलिज गरिएको छ । श्रीमती निलम शाह ढकालसँगको डिभोर्स पश्चात सार्वजनिक गरेको पहिलो गीत हो, ‘मौनतामा धेरै’ ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गायक ढकाल आफैले अभिनय गरेका छन् । भने, उनलाई अभिनेत्री मरिष्का पोखरेलले साथ दिएकी छन् ।

सार्वजनिक भिडियोमा एक जोडीको प्रेम र विछोडको कथा पेश गरिएको छ । गीतलाई डि फोर क्रियसनले बजारमा ल्याएको हो ।

दुर्गा खनाल घिमिरेको शब्द तथा दिपक शर्माको गीत रहेको गीतको भिडियोलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा शिव विकको कोरियोग्राफी, कृष्ण बहादुर थापको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया