लामो समयदेखि रोकिएको सवारी लाइसेन्स माघबाट छापिने,दैनिक १० हजारले कार्ड पाउने

काठमाडौं - विगत ८ महिनादेखि ठप्प भएको सवारी लाइसेन्स छपाईको काम आउँदो माघ महिनाबाट सुरु हुने भएको छ । 

कार्ड छाप्न गत फागुनमा सरकार र जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता भएको थियो।

बिहीबार कम्पनीले ६ लाख थान कार्ड उपलब्ध गराउँदै छ त्यो सँगै एक हप्ताको परीक्षण पछि कार्ड छाप्ने काम सुरु हुने छ । 

पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको छ। बाँकी ६ लाख दोस्रो चरणमा ४५ दिनपछि नेपाल आइपुग्ने जनाइएको छ । 

प्रतिक्रिया