• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

नवप्रतिभा शान्ता सुनारको प्रतिभा देखे प्रेमले, अबसर दिए अनि सार्वजनिक भयाे गीत जाले रुमाल

निकै प्रतिभा भएका कलाकारहरु गाउ गाउमा छन मात्र यत्ति हो उनीहरुले अवसर पाइरहेका छैनन् । यस्तै नयाँ प्रतिभा शान्ता सुनारले अवर पाएर चर्चामा आएकी छन । उनलाई अवसर दिएका हुन गायक तथा सर्जक प्रेम सापकोटा सोनुले ।

शान्ताको गीत सुन्दा लाग्छ उनमा निकै प्रतिभा छ भने उनले आफ्नो गीत जाले रुमाललाई निकै न्याय गरेर गायकी छन । आफुले उनको प्रतिभा देखेरै अवसर दिएका सोनुले हामीलाई बताए ।

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरविलो उपस्थिति जनाउने बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुगीत सिर्जना गरेका छन ।

प्रेम सापकोटा सोनु र शान्ता सुनारको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई प्रेम आफैले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

स्मृति तिमिल्सीनाले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा रामजी खाँण र करिश्मा ढकालले अभिनय गरेका छन भने गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन । गीतले आज सम्म लाखौं दर्शक बनाएको छ भने गीत टिकटकमा पनि हिट रहेको छ ।

प्रतिक्रिया