• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बालापनका हेमन्तको अर्को उत्कृष्ट मौलिक गीत किन होला खै

काठमाडौं / चर्चित गायक एवम् सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत बजारमा किन होला खै आएको छ ।

पुराना वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई गायक कान्छाले आफ्नै अफिसियल युट्युब च्यानल “हेमन्त कान्छा रसाइली” बाट सार्वजनिक गरेका हुन् । माया प्रेमलाई विषय बनाएको सो गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ ।

भिडियोलाई रमेश रसाइली निर्देशन गरेको भिडियोलाई जितु तामाङले कोरियोग्राफी गरेका हुन् । भिडियोमा हेमन्त कान्छा र विमता घर्ती मगरले उत्कृष्ट अभिनय गरेका छन् ।

गीत सार्बजनिक भए पछि हामी सँग कुरा गर्दै गायक हेमन्त ले गीतलाई राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो । हाम्रो तर्फ बाट पनि गीतलाई धेरै धेरै सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया