• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

सबै पक्ष उत्कृष्ट रहेको गीत "उतै जानु पर्छ" ले किन सोचे अनुसार दर्शक पाउन सकेन ? ( भिडियो सहित 

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा गीत सफल हुनको लागि त्यसले दर्शक बनाउनै पर्छ भन्ने मान्यता रहेको छ । गीतको मर्म र गहिराई भन्दा पनि जसरी भए पनि संख्यामा धेरै दर्शक हुनु पर्छ भन्ने गलत प्रवृति रहेको छ । 

सबै राम्रा गीतले दर्शक बनाउछन् भन्ने नै छैन त्यस माथि दर्शक बनाएका गीतनै सफल गीत हुन भन्नु पनि गलत हुन सक्छ । आज हामीले यस्तै एउटा गीत जसले दर्शक थोरै बनाए पनि निकै चर्चित बनिरहेको छ । 

जापानमा रहेका कुसल सर्जक नाराण कँडेलले सिर्जना गरेको गीत उतै जान पर्छलाई हेर्नेले धेरै मन परेको प्रतिक्रिया छन । साच्चै गीतमा खोट लगाउनै ठाँउ छैन । चाडपर्वको बेला विदेश हिडेको एक नेपालीको कथालाई गीतले यति सुन्दर रुपमा प्रस्तुत गरेको छ कि दर्शकको आँसु खसेको पत्तै हुँदैन । 

पछिल्लो समयका चर्चित सर्जक तथा गायक कुशल बेल्बासेको लय तथा आवाज समेत रहेको गीतलाई नारायण कँडेलको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो समेत निकै दमदार बनाइएको छ । विनोद भण्डारीको निर्देशन रहेको सो गीतमा जुना गुरुङको दमदार अभिनय रहेको छ । 

गीतले किन सोच जस्तो दर्शक बनाउन सकेन होला ?

यसो त गीत र दर्शकको संख्या तुलना गर्नु कुनै हालतमा उचित हुँदैन तर पनि यो गीतले दर्शक पनि राम्रै बनाउन पर्ने धेरैको प्रतिक्रिया भने अबश्य रहन्छ । नयाँ च्यानल भएका कारण पनि गीत जति दर्शक सम्म पुग्नु पर्ने हो त्यति सम्म नपुगेको हो कि भन्न पनि सकिन्छ । 

गीतका शब्द अलि बढि गहिराईमा पुगेर लेखेको हुँदा सामान्य दर्शकले गीत बुझ्न नसकेको हुन कि भन्ने अर्को प्रश्न पनि रहेको छ । तपाई अनुमान गर्नुहोस गीत कस्तो छ ?

 

प्रतिक्रिया