बझाङमा जिप दुर्घटनाः तीन जनाको मृत्यु

बझाङको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको जिप बिहीबार राति धमेना नजिकै दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईका अनुसार दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

दुर्घटनामा कति जना सवार थिए भन्ने यकिन जानकारी अझै आउन सकेको छैन। घटनास्थलमा प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाको नेतृत्वमा टोली पुगेको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया