काठमाडौं । पछिल्लो समयका कुशल तथा चर्चित सारङ्गी बादक हेमन्त कान्छा रसाइलीले नेपाली गीत संगीतमा अरुले भन्दा फरक गर्न चाहन्छन् बालापन गीत मार्फत धेरै दर्शक श्रोताको मनमा बस्न सफल हेमन्तले पछिल्लो समय सार्वजनिक गरेको ‘जाऊँ साइँली बेनी बजार’ को नयाँ भर्सन बजारमा आएको छ ।
अग्रज लोकगायक स्वर्गीय पदम विष्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको उक्त गीत सार्वजनिक भएसँगै चर्चा पाएको हो ।
गायिका लोचन भट्टराई र युवा पुस्ताका गायक हेमन्त कान्छा रसाइलीको आवाजको उक्त गीत गायक रसाइलीले शनिबार आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । संकलक समेत रहेका स्वर्गीय विष्टको सम्झनामा नयाँ भर्सन निर्माण गरिएको हो ।
गीतमा शब्द स्वर्गीय विष्ट तथा सपना रसाइलीको र संगीत पनि विष्टकै रहेको छ । गीतको म्युजिक भिडिओको निर्देशन सुनील विक र कोरियोग्राफर रोशन विकले गरेका छन् । भिडियो करन चैसिरले खिचेका हुन् । उक्त गीतको म्युजिक भिडिओमा अहिलेका प्रकाश सपूत, अञ्जली अधिकारी, सुनील विक र दीपा शाहीको अभिनय छ ।