सांकेतिक तस्विर
काठमाण्डौ । पाल्पामा भयानक सवारी दुर्घटना भएको छ ।
पाल्पाको चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख सहितको टोली पुगेको छ । डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो ।
दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ ।