पल शाहलाई किन गैंडाकोट लगियो ?

काठमाडौं -  बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई आज गैंडाकोट लागिएको छ । 

२ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ । नाबालिक गायिकाले फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै अनुसन्धानका लागि पल शाहलाई पठाइदिन पत्राचार गरेको थियो ।

प्रतिक्रिया