विष्णु पाण्डेको नयाँ गीत निलो गगन

काठमाण्डौ । युवा गायक विष्णु पाण्डेको आवाज रहेको निकै सुमधुर गीत निलो गगन भर्खर मात्र सार्वजनिक भएको छ । आधा दर्जन भन्दा धेरै गीतहरु गाइसकेका पाण्डेको पछिल्लो गीतलाई पनि दर्शकले अत्यन्तै मन पराएका छन । 


भर्खरै मात्र बजारमा आएको बिष्णु पाण्डेको “निलो गगन” बोलको गीतलाई महेन्द्र भण्डारीले लय तयार पारेका हुन् भने शब्द गणेश अधिकारीको रहेको छ । स्वर यस गीतमा बिष्णु पाण्डेसंगै सुनिता बुढा क्षेत्रीको सुन्न सकिन्छ । 

गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, लोमस शर्मा, टिका र जुनुको कार्शक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना ९गुरुआमा० गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई ड्रोन च्यांग्बा लामाले चलाएका हुन् भने मेकअप सरोज बुढाथोकीको रहेको छ ।

 

प्रतिक्रिया