सामाजिक विकृतिमाथि बनेको जीवन कँडेलको नयाँ गीत "दाइजो"

काठमान्डौ - लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ।

जापानमा रहेर पनि निरन्तर नेपाली गीतसंगीतमा सक्रिय युवा गायक तथा सर्जक जीवन कँडेलले प्रस्तुत गरेको सो गीतले समाजमा विगत लामो समयदेखि जरा गाडेर बसिरहेको दाइजो प्रथालाई उन्मूलन गर्ने प्रयास गरेको छ। 

यसो त नेपालमा दाइजो लिनु र दिनु दुवैलाई अपराध मानिन्छ। तर पनि अहिले विभिन्न ठाउँहरुमा विवाह गर्ने समयमा दाइजो लिने र दिने चलन भने हटेको छैन । 

सर्जक गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा गणेश अधिकारी, सुनिता बुढा र जीवन कँडेलले आवाज दिएका छन्। 

विशाल घिमिरेको निर्देशन रहेको गीतमा देवेन्द्र बब्लु, लालना चिमौरिया र रामचन्द्र अधिकारीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया