काठमाण्डौ । पुराना तथा लोकप्रिय सर्जक भगवान भण्डारीले सिर्जना गरेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । सयौं लोकप्रिय गीत सिर्जना गरेर सबै माझ लोकप्रिय सर्जक तथा गायक भण्डारीको नयाँ गीतले समेत निकै चर्चा पाउने अपेक्षा गरिएको छ ।
पाका सर्जक भएका कारण उनका सिर्जना पनि निकै सुमधुर हुने गर्दछन । उनको पछिल्लो गीतमा शान्ती श्री परियार र विनोद भण्डारीको आवाज रहेको छ । गीतमा भण्डारीको आफ्नै लय तथा शब्द सिर्जना रहेको छ ।
गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । गीतमा रामजी खाँण र रञ्जिता गुरुङले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियो भने प्रकाश भट्टले निर्देशन गरेका छन । सर्जक भण्डारी अहिले अमेरीका रहेका छन । तर उनले निरन्तर आफ्नो सिर्जना दर्शक स्रोता माझ पस्की रहेका छन ।