काठमाडौं। धौलागिरी क्षेत्र, विशेषगरी बागलुङ, धेरै प्रतिभावान कलाकारहरूको उद्गम थलोका रूपमा परिचित छ। यसै क्षेत्रकी उदाउँदी गायिका सीता परियारले आफ्नो नयाँ पञ्चेबाजा गीत ‘ढल्यो लाँकुरी’ सार्वजनिक गरेकी छन्।
लोकप्रिय सर्जक रमेश विजीका उत्कृष्ट शब्द र रेशम निर्दोषको लय सिर्जना रहेको सो गीतले माया र प्रेमलाई विषयवस्तु बनाएको छ। सीता परियार र रेशम निर्दोशले आवाज दिएको सो गीतलाई छोटो समयमै दर्शकले मन पराएका छन ।
गीतको संगीत संयोजन एचबिएन किस्मतले गरेका छन् भने भिडियो निर्देशन रेशम निर्देशले गरेका छन्। भिडियोमा रेशम निर्देश, जुना श्रीस, पूर्ण परियार, र सीता परियारको अभिनय देख्न सकिन्छ।
गीतलाई सीता परियारको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। अडियो र भिडियो दुवै पक्ष उत्कृष्ट बनेका कारण गीतले श्रोताहरूको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।