केही दिन यता घटिरहेको सुनको मूल्य, कतिमा हुँदैछ त आजको कारोबार

नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो ।

तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ । 

हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनको मूल्य मंगलबारदेखि लगातार घटिरहेको थियो भने चाँदीको मूल्य पनि घट्दो क्रममा नै थियो । 


प्रतिक्रिया