काठमाडौं – पछिल्लो समय मोडल रचना न्यौपाने म्युजिक भिडियोमा निकै व्यस्त छिन्। अनुशासित र कामप्रति लगनशील भएकै कारण उनी धेरै निर्देशकहरूको रोजाइमा पर्न थालेकी छन्।
उनले अभिनय गरेको गीत ‘जुन तारा झिलिमिली’ले चर्चा पाइरहेको बेला सोही गीतबाट न्यौपानेले उत्कृष्ट मोडलको अवार्ड जितेकी छन्। गीतमा उनले गरेको अभिनयको व्यापक प्रशंसा भइरहेको छ।
आज काठमाडौंमा आयोजित रंग दर्पण म्युजिक अवार्डमा न्यौपाने उत्कृष्ट मोडलको रूपमा सम्मानित भएकी हुन्। अवार्ड प्राप्त भएपछि प्रतिक्रिया दिँदै उनले यसले आफूलाई अझ मेहनत गर्न हौसला मिलेको बताइन्।