बारामा विषाक्त माछा सेवनले तीन बालबालिकाको मृत्यु

जनकपुरधाम: बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ।

सिम्रौनगढ नगरपालिका-७, झवानीटोलका नरेश रामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया छोरी पुष्पा, र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सुत्नुभन्दा अघि सपरिवारले उक्त माछा खाएका थिए।

राति नै तीन बालबालिकालाई पेट दुख्ने, बान्ता हुने, र झाडापखाला लाग्ने समस्या देखियो, जसका कारण उनीहरू सिकिस्त बिरामी भए।उपचारका लागि सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा भर्ना गरिएका बालबालिकालाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगियो। तर, उपचारका क्रममा लालिमाको बाटोमै मृत्यु भयो भने पुष्पा र कृष्णनन्दनको कलैया अस्पतालमा निधन भयो।तीनै बालबालिकाको शवको पोस्टमार्टम गरी सोमबार नै परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

माछा विषाक्त भएकाले उनीहरू बिरामी परेका हुनसक्ने आशंका रहेको र यसबारे थप अनुसन्धान भइरहेको डिएसपी सापकोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय