अनुपमा जसले मेघा बैंकमा खान्छिन् २ करोड भन्दा धेरै तलब

काठमाडौं - नेपालमा धेरै यस्ता महिनाहरू छन् जसले करोडौंको तलब खान्छन् र ठूला ठूला कम्पनीहरु हाँकेर बसेका छन् । यस्तै महिलाको सूचीमा आउँछिन् अनुपमा । 

उनी मेघा बैंकको कार्यकारी अधिकृत हुन जसले वार्षिक २ करोड तलब लिने गरेकी छन् । त्यस्तै ८ लाख ५० हजार भत्ता साथै बोनस समेत पाउने गरेकी छन् । अनुपमा खुँञ्जेलीले करिब ४ लाख हाराहारीमा इन्धन खर्च पनि लिएको देखिएको छ । 

बैंकले गत आर्थिक बर्ष कुल कर्मचारी खर्च एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ गरेको छ। कार्यालय सञ्चालन खर्च एक अर्ब ११ करोड रुपैयाँ गरेको छ।

बैंकले गत बर्षको नाफाबाट चुक्ता पुँजीको २.०७ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर घोषणा गरेको छ। यो लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ। बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ छ।

प्रतिक्रिया