उपत्यकामै छ यस्तो पानी पँधेरो जहाँ १० रुपैयाँमा नै पाइन्छ एक जार पानी 

काठमाण्डौ । एक जार पानीको मूल्य काठमाडौमा ४० देखि ५० रुपैयाँ पर्छ र पनि यसको गुणस्तर निश्चित हुँदैन । तर काठमाडौ उपत्यकामै स्थापना भएका पानी पधेंराहरुले भने दश रुपैयाँमै अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपभोक्तालाई वितरण गरिरहेका छन् ।

काठमाडौ महानगरपालिकाको वडा नंं ३२, बाँस झाङमा स्थापना भएको पानी पँधेरा, यस्तै पानी पधेरा मध्येको एक हो । जसले उपभोक्तालाई १० रुपैयाँमा एक जार, अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपलब्ध गराउँदै आएको छ । साँझ ५ बजेदेखि ७ बजेसम्म र बिहान ६ बजेदेखि ९ बजेसम्म पानी पँधेरा खुला रहन्छ ।

एक पटकमा चार वटा जार भर्न सकिने पानी पँधेरामा सिक्का वा कार्डको माध्यमबाट स्वचालित तरिकाले भर्न मिल्ने प्रावधान छ भने हातकै सहायताले पनि भर्न सकिन्छ । वाग्मती प्रदेश, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको आर्थिक सहयोगमा २०७८ साल भदौ १९ गतेदेखि पानी पँधेरा सञ्चालनमा ल्याइएको हो । पानी पँधेराका नियमित उपभोक्ताहरु सुरक्षित पानी भएकाले फिल्ट्रेसन गरिरहनु नपर्ने र मूलको पानी जस्तै चिसो रहेको बताउँछन ।

हेर्नुहोस विस्तृत विवरण सहितको यो भिडियो

 

प्रतिक्रिया