चैते दशैंलाइ लक्षीत गर्दै गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक

काठमाडौं - यसो त चाडबाडलाई लक्षित गर्दै निकै कम मात्रामा गीतहरू सार्वजनिक हुने गर्छन्। यसैबीचमा लोकप्रिय गायक पशुपति शर्माले आवाज दिएको चैते दशैँ बाग्लुङको मेला बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ।

दीपिका म्युजिकका सञ्चालक तथा सर्जक दीपक कँडेलले आफ्नो क्षेत्रलाई पहिचान दिनको लागि यस अगाडिको वर्ष पनि चैते दशैँ विशेष गीत सार्वजनिक गरेका थिए। त्यसैको निरन्तरता स्वरूप अहिले पनि त्यो क्षेत्रको वर्णन सहित माया प्रेमलाई विषय बनाएको गीत सार्वजनिक गरेका छन् । 

गीतलाई दीपक कँडेलले उत्कृष्ट शब्द सिर्जना गरेका छन् भने लय सिर्जना चर्चित सर्जक तथा गायक गणेश अधिकारीले गरेका छन्। बाग्लुङकै लोकप्रिय गायिका देवी घर्ती र पशुपति शर्माको आवाज रहेको गीतमा त्यस क्षेत्रका विभिन्न धार्मिक र पर्यटकीय स्थलहरूको छायाङ्कनसहित म्युजिक भिडियो तयार पारिएको छ । 

म्युजिक भिडियोलाई निर्देशन जेरी भण्डारीले गरेका छन् भने सागर लम्साल बले र गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ। गीतलाई एचएनबी किस्मतले संगीत संयोजन गरेका हुन्।

गीत दीपिका म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया