माघ महिनाको पहिलो दिनमै आकासियो सुनको मूल्य

काठमाडौंँ - माघ महिनाको पहिलो दिन सुनको मूल्य बढेर रेकर्डस्तर नजिकै पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ हजार १०० रुपैयाँ बढेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको हालसम्मको उच्च मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ हो। २०७८ फागुन २५ गते छापावाल सु्न सोमूल्यमा कारोबार भएको थियो।यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया