एक महिनामै ४ अर्ब बीमा शुल्क आर्जन

काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामै निर्जीवन बीमा कम्पनीहरूले सवा ४ अर्ब रुपैयाँ बरबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।


साउनमा बीमा कम्पनीहरूले २ लाख २१ हजार ७१ वटा बीमा लेख जारी गरेका छन् । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सबैभन्दा धेरै कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले २४ हजार २३ वटा बीमा लेख जारी गरेर ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ हजार ११ वटा बीमालेख बिक्री गरेर ४५ करोड ३२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले २६ हजार १०९ बीमालेख जारी गरेर ३६ करोड ८८ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १८ हजार ७०७ वटा बीमालेख बिक्री गरेर ३२ करोड ६० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २१ हजार ७०७ वटा बीमालेख जारी गरेर ३१ करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणका अनुसार आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १६ हजार ४८५ बीमालेख बिक्री गरेर ३० करोड ६२ लाख रुपैयाँ, ओरियण्टल इन्स्योरेन्सले ३ हजार ९०९ वटा बीमालेख बिक्री गरेर २९ करोड १० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १४ हजार ५८० बिक्री लेखवापत २८ करोड ८६ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १७ हजार २२९ वटा बीमालेख वापत २५ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।

यूनाइटेड अजोड इन्स्योरेन्सले १३ हजार ८२५ वटा बीमालेख बिक्री गरेर २५ करोड ४१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १६ हजार २२२ वटा बीमालेख जारी गरेर २४ करोड ९८ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २ हजार ८२१ बीमालेख बिक्री गरेर २२ करोड ७६ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ९ हजार ८९५ बीमालेख जारी गरेवापत १८ करोड ३९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स १० हजार ५४८ वटा बीमा लेख जारी गरेर १० करोड ५४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय