कस्तुप पन्तको शब्द,सगीत र अभिनयमा दुबो सरी हाम्रो माया - भिडियो सहित 

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली व्यक्ति कस्तुप पन्तको शब्द संगीत तथा अभिनय रहेको नयाँ गीत दुबो सरी हाम्रो माया भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा चर्चित गायिका अञ्जु पन्तले आवाज दिएकी छन । कस्तुपले आधुनिक र लोक विद्या दुवैमा दर्शक स्रोताको मन जित्दै गइरहेका छन । उनको पछिल्लो गीत समेत निकै उत्कृष्ट र दमदार रहेको छ । 

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरूमा चर्चा पाउन थालेको छ भने टिकटकमा समेत धेरैले गीतमा भिडियो बनाएका छन । कस्तुप पन्त तथा एलिशा बास्तोलाको अभिनय रहेको गीतमा विनोद बमको निर्देशन रहेको छ । गीतलाई कस्तुप पन्तको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया