थापाथलीबाट शिशु चोरी गर्ने महिलाको तस्विर सार्वजनिक

काठमाण्डौ । काठमाण्डौको मुटुमा रहेको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनाले सामाजिक सञ्जाल तातिरहेको छ । 
यसै बीच प्रहरीले भने शिशु चोरि गरेर लैजाने महिलाको ब्यापक खोजिकार्य गरिरहेको बताएको छ  ।  

अनुसन्धान अधिकृतहरुले महिला देखिएको सिसिटिभि फुटेज फेला पारेका छन ।  मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ ।

अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् । साढे १२ बजेतिर शिशु हराएको खबर प्रहरीलाई प्राप्त भएको थियो । अस्पतालमा उपचार गर्न आएकी महिलाले शिशु लगेको प्रहरीको अनुमान छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय