सडक बालबालिकालाई २०८१ भित्र सडकमुक्त गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। ६० औँ बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस वर्षभित्रै सडकमा बस्नुपर्ने बालबालिकालाई सुरक्षित ठाउँमा पुर्‍याउने अठोट व्यक्त गरे।

प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले देशमा अझै धेरै बालबालिका कुपोषण, अशिक्षा, र गरिबीको शिकार भइरहेको भन्दै, तिनलाई गुणस्तरीय शिक्षा, पोषणयुक्त खाना, र स्वस्थ जीवनयापनको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले गरिबी अन्त्यका लागि रोजगारीका अवसर सिर्जना गर्ने र बालबालिकाको उचित बौद्धिक, मानसिक, र शारीरिक विकासमा सरकारले थप काम गर्ने बताएका छन्। बालबालिकालाई देशको भविष्यको रुपमा हेर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालमैत्री वातावरणको महत्त्वसमेत उल्लेख गरे।

प्रतिक्रिया