काठमाडौं — नेपाली नागरिकहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरूले तीजका गीतहरू सार्वजनिक गरिरहेका छन्। केही छाडा गीतहरू सार्वजनिक भए तापनि धेरै मौलिक गीतहरू पनि आइरहेका छन्।
यसैक्रममा, एक दर्जनभन्दा धेरै कलाकारले आवाज दिएको एक निकै मौलिक तीज गीत "कहानी" भर्खरै मात्र सार्वजनिक भएको छ। यस गीतमा विभिन्न कलाकारहरूले आफ्नो जीवनका भोगाइहरूलाई गीतमा समेटेका छन्। गीतको शब्द शान्ता रानी परियारले लेखेकी हुन् भने संगीत संयोजन सुनिल परियारले गरेका छन्।
गीतमा निरु श्रीस, शान्ता रानी परियार, दुर्गा परियार, सुष्मा लोहनी, अनुपा थापा, सुनिता थापा, सुष्मा थापा, रेश्मा तामाङ, ज्ञानु थापा, आशा विसी, विमला घर्ति, झरना पुन, अञ्जना राना, रिया बलामी, पार्वती थापा, निरु थापा, शर्मिला कँडेल, र अमृता श्रीपालको आवाज रहेको छ। यस गीतको म्युजिक भिडियो दिप गुरुङले निर्देशन गरेका छन्।