कपिलवस्तु – १५औं कपिलवस्तु महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव वाणगंगा नगरपालिका(४, जितपुरस्थित बुद्ध रंगशालामा १४ दिनसम्म सञ्चालन भएको थियो। समापनसँगै १६औं कपिलवस्तु महोत्सवको मिति घोषणा गरिएको छ।
महोत्सवको समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकाल थिए। कार्यक्रमको अवलोकन १ लाख ५० हजारभन्दा बढी दर्शकले गरेका कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव संयोजक गणेशबहादुर क्षेत्रीले जानकारी दिए।
महोत्सवको आकर्षणका रूपमा रहेको डान्स आइडल प्रतियोगितामा प्रिन्सा हमाल विजेता घोषित भइन्। प्रतिज्ञा गिरी र पवित्रा कुमारी छहरी मगर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। सान्त्वना पुरस्कार नीलम पौडेलले हात पारिन्। विजेताहरूले नगद पुरस्कारसहित ट्रफी, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। नृत्यको निर्णयकमा चर्चित निर्देशक प्रेम थापा र हरिशरण रिजाल हुनुहुन्थ्यो ।
समापन कार्यक्रममा १६औं महोत्सवको मिति घोषणा गरिएको छ। वाणगंगा वेलफेयर सोसाइटीले आगामी महोत्सव २०८२ मंसिर १८ गतेदेखि पुस १ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको छ। आयोजकका अनुसार महोत्सवले स्थानीय व्यापार, संस्कृति, र मनोरञ्जन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।