यो वर्षको तीजको लागि जाले रुमाल बनाउँदै लोकप्रिय गायक तेजश रेग्मी

काठमाडौ - तीजको समयमा पशुपति शर्मा,खुमन अधिकारी,खेम सेन्चुरी र तेजश रेग्मीको निकै खोजी र चर्चा हुने गर्दछ । 

यी उल्लेखित नाम मध्यबाट अरु सबै कलाकारले तीज २०७८ को लागि नयाँ गीत सार्वजनिक गरिसकेका छन् भन गायक तेजश रेग्मी भने गुपचुप छन् । 

यही विषयमा आर्थिक सन्देशले रेग्मीलाई सम्पर्क गरी यस विषयमा जिज्ञासा राखेका थियौं । हामीसँग कुराकानीमा रेग्मीले यो वर्ष कोरोना महामारीले गर्दा आफू धेरै गीत बनाउने पक्षमा नभएको बताउँदै केही समय पछि दर्शक श्रोताको लागि माया प्रेमलाई विषय बनाई नयाँ तीज गीत ल्याउने तयारीमा रहेको बताए । 

कोसँग र कहिले भन्ने कुरा अहिले गोप्पेनै छ । दर्शक स्रोताले पक्कै छिट्टै गीत सुन्न पाउने छन् - रेग्मीले भने । पारिवारिक कामको लागि जन्म घर बागलुङमा रहेका रेग्मीले केही दिनमै आएर गीतको अन्तिम तयारी गर्ने हामीलाई जानकारी दिए । 

आफ्नै लय शब्द रहेको सो गीतमा उनले आफ्नो जोडी को बनाउँछन् त्यो भने समयले नै देखाउने छ तर यो वर्ष रेग्मीको एउटा मात्र तीज गीत सुन्न पाउने भएका छन् । 

प्रतिक्रिया