त्रिशुलीमा पाँच जनाको ज्यान गयो, पुरै गाउँ शोकमा

काठमाडौं - पछिल्ला केही दिन सवारी दुर्घटनाबाट धेरै नेपालीले ज्यान गुमाएको समाचार सञ्चार माध्यमहरूमा व्यापक आउन थालेको छ।

प्रत्येक दिन सवारी दुर्घटनाबाट दर्जन हाराहारीले ज्यान गुमाइरहेको आँकडाले देखाउँछ। खराब सडकको अवस्था र सवारी नीतिका कारण दुर्घटना बढ्दै गइरहेको कतिपयको बुझाइ छ।

काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ पुरुष, २ महिला र १ बालिकाको मृत्यु चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

 मृत्यु हुनेमा गोरखा नगरपालिका–७ पौवाखेतकी ७० वर्षीया जुनकिरी रोका, वडा नं ४ फिनामकी ४१ बर्षीय हरिमाया रोका, ८ बर्षीय आगमन उपरकोटी, याङकोटकी २८ वर्षीया अञ्जना रोका र चालक गोरखा नगरपालिका–७ बतासेका ३५ वर्षीय अर्जुन सिर्मल रहेका छन् । पौवाखेतका १८ ‍वर्षीय विवश रोका अझै वेपत्ता छन् । यता घटनासँगै पुरै गाउँ शोकमा डुवेको छ । ठूलो मानविय क्षति भएपछि गाउँले दुखी बनेका हुन् । 

प्रतिक्रिया