अभिनय र निर्देशनमा अब्बल आशिर,यस्तो छ पछिल्लो गीत मेरो आयु मेटेर 

काठमाण्डौ । बहुप्रतिभाका धनी मोडल आशिर प्रताप जंगको अभिनय रहेको नयाँ गीत मेरो आयु मेटेर भर्खर मात्र सार्वजनिक भएको छ । 

थोरै मात्र गीतमा काम गर्ने तर गुणस्तरीय काम गर्ने आशिरले पछिल्लो समय निर्देशन क्षेत्रमा पनि राम्रो कला देखाउँदै गइरहेका छन । उनले पछिल्लो गीतमा आफैले निर्देशन पनि गरेका छन । 

माया प्रेमलाई विषय बनाएको सो गीतमा विरेन्द्र भुसाल र सुनिता बुढाको आवाज रहेको सो गीतमा हरिस बिसीको शब्द तथा गायक भुसालको संगीत रहेको छ । गीतलाई विनोद बाजुरालीले संगीत संयोजन गरेका छन । 

आशिर प्रताप जंगको निर्देशन तथा अभिनय रहेको सो गीतमा उनलाई अभिनयमा आयुष्मा कार्कीले साथ दिएकी छन । 

प्रतिक्रिया