दिपक कँडेलले जापानमा कोरेको स्वर्गकी अप्सराको नेपालमा चर्चा 

काठमाण्डौ । लोकदोहोरीमा कलम चलाउन सुरु गरेको छोटो समयमै सफलताको धेरै सिँढी चढेका लोकप्रिय सर्जक तथा दीपिका म्युजिकका सञ्चालक दीपक कँडेलले आधुनिक विद्यामा पनि शब्द लेखन सुरु गरेका छन । 

उनले सिर्जना गरेको सुगम गीत स्वर्गकी अप्सरा भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै धेरैको प्रशंसा र चर्चा पाउन सफल भएको छ । लोकदोहोरी लेखिरहने सर्जकको आधुनिक गीतमा दर्शक स्रोताले दिएको माया प्रति कँडेल भने खुसी छन । 

सुगम पोख्रेल र अञ्जु पन्तको आवाज रहेको गीतमा दीपक कँडेलले शब्द तथा दीपक बसन्त कार्कीले संगीत सिर्जना गरेका छन । खर्चिलो म्युजिक भिडियोमा पुजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको छ भने कविराज गहतराजले म्युजिक भिडियो निर्देशन गरेका छन । गीतलाई दिपिका म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । 

 

प्रतिक्रिया