काठमाडौं - राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तथ्यङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्क अनुसार २०७८ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको
मुद्रास्फीति ४.७४ प्रतिशत रहेको छ ।
२०७७ साउनको तुलनामा २०७८ साउनमा घ्यू तथा तेल, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ, र यातायात उपसमुहको मुल्यवृद्धि क्रमशः २९.०७ प्रतिशत, १०.५१ प्रतिशत, १०.१२ प्रतिशत र ९.४३ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
२०७७ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.३१ प्रतिशत, ४.०२ प्रतिशत, २.७२ प्रतिशत र ४.०७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।