"चौका दाउ"को सफलतापछि बाबु कृष्ण परियारको "सत्ता दाउ" (भिडियो सहित)

काठमाडौं - लोकप्रिय युवा गायक बाबु कृष्ण परियारको दमौली बोलको गीत नसुनेका दर्शक, श्रोता निकै कम होलान् उनै परियारले अर्को नयाँ गीत "सत्ता दाउ" भर्खर मात्र सार्वजनिक गरेका छन् । 

गीत सार्वजनिक भएको २४ घण्टामै १ लाख भन्दा धेरै दर्शक बनाएर एकाएक चर्चा कमाएको छ । यो पटक पनि परियारले सबैलाई नचाउने खालेको गीत तयार पारेका छन् । 

परियार आफैले आवाज दिएको सो गीतमा गायिकामा भने शान्ति श्री परियारले साथ दिएकी छन् । यस अघिको गीतमा पनि यही जोडीले आवाज दिएको थियो । गीतलाई निश्चल दवाडीले लय तथा शब्द सिर्जना गरेका छन् । 

अडियो सँगै गीतको भिडियो पनि उत्कृष्ट बनाइएको छ । गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने सुनिल क्षेत्री र एलिसा शर्माले अभिनय गरेका छन् । 

 

प्रतिक्रिया