नकुलको लगातार दोस्रो हिट गीत जोवन -भिडियो सहित

काठमाण्डौ । म्यादीमा रहेर नेपाली गीत संगीतमा आफ्नो दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक नकुल ढकालले सिर्जना गरेको नयाँ गीत जोवन निकै चर्चामा छ । गीतले छोटो समयमै दश लाख हाराहारीमा दर्शक बनाउन सफल भएको छ । 

यस अघि पनि ढकालले दाेहाेरीकाे राजा बोलको गीत सार्वजनिक गरेर सबै माझ चर्चामा आएका थिए । थोरै तर गुणस्तरिय गीत सिर्जना गर्ने सर्जक ढकालले यो पटक पनि शब्द सिर्जनामा निकै मेहनत गरेका छन । सबैको ओठमा झुम्डीन सफल शब्द कोरेका उनलाई लय सिर्जनामा चर्चित सर्जक बसन्त थापाले साथ दिएका छन । गीत हिट हुनुमा लयको समेत महत्वपूण भुमिका रहेको छ । 

गीतलाई निकै खर्चिलो बनाइएको छ । समिक्षा अधिकारी र बसन्त थापाको आवाज रहेको सो गीतमा पल शाह र समिक्षा अधिकारीको अभिनय रहेको छ । गीतलाइ दिपक एम सिँहले दमदार निर्देशन गरेका छन । 

 

प्रतिक्रिया