आजको मौषम – हावाहुरी सहित बर्षको सम्भावना

काठमाडौं । देशका विभिन्न भागहरुमा लगातार बर्षा भइरहेको छ । हिँउदे खेतीका लागि अहिलेको बर्षा उपयोगी भएका कारण किसानहरु भने खुसि छन तर हावाहुरीले भने धनजनको क्षती पुगिरहेको छ । 


हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बाम्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हावा(हुरीको सम्भाावना रहेको छ । 


महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । यस्तै, कोसी, गण्डकी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया