सातौं राष्ट्रिय लोक दोहोरी अवार्डमा उत्कृष्ट मोडलको उपाधी शिशिरलाई 

‘सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८’ फागुन २८ गते शनिबार राजधानीमा सम्पन्न भयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न अवार्डमा मोडल शिशिर पौडेलले उत्कृष्ठ मोडलको उपाधी जित्न सफल भएका छन । उनले सनिसार बोलको गीतबाट सो उपाधी हात पार्न सफल भएका हुन । 


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा गायक बमबहादुर कार्कीलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ।

हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित सम्पन्न अवार्ड कार्यक्रममा ३६ बिधामा अवार्ड प्रदान गरिएको थियो ।

अर्वाड प्राप्त गरेपछि आर्थिक सन्देशसँग कुरा गर्दै मोडल शिशिर पौडेलले आफुलाई यो अर्वाडले निकै उर्जा मिलेको बताउनु भयो । साथै उहाँले आगामी दिन अझ सक्रिय भएर गीत संगीतमा लाग्ने प्रेणा मिलेको बताउनु भयो । 

प्रतिक्रिया