काठमाडौं - नेपाली नारीहरुको पर्व तीज आउन अझ केही समय बाँकी छ तर कलाकारहरुलाई भने तीज लागि सकेको छ ।
हरेक तीजमा नयाँ गीत सार्वजनिक गर्ने गायक राजेन्द्र कँडेलले यो वर्ष पनि मौलिक तीज गीत लिएर दर्शक श्रोतामाझ आएका छन् ।
राजेन्द्र कँडेल र शान्ति श्री परियारको आवाज रहेको सो गीतमा नारायण शर्माको शब्द रहेको चाह भने कँडेल आफैले लय सिर्जना गरेका छन् ।
गीतको म्युजिक भिडियो समेत दमदार बनेको छ गीतलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको छ ।