काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै लोभलाग्दो प्रगति गरेका सर्जकको नाम भित्र आँउछ दीपक कँडेलको नाम । केही वर्षमै उनले दीपिका म्युजिकको मात्र उचाइ शिखरमा पुराएका छैनन् । दर्जन बढि सुमधुर गीत प्रस्तुत गरिसकेका कँडेलले आफ्नो छोरीलाई समेत सांगीतिक क्षेत्रमा सबै माझ चर्चित बनाइरहेका छन ।
यसै बीच कँडेलको उत्कृष्ट शब्द सिर्जना रहेको गीत छोरी तिमीलाई भर्खर मात्र सार्वजनिक भएको छ । चर्चित गायक तथा सर्जक गणेश अधिकारीको सुमधुर लय सिर्जना रहेको गीतमा आवाज भने अधिकारी र बाल गायिका दीपिका कँडेलको रहेको छ । गीतले एक बाबुले आफ्नो छोरी प्रति दर्शाएको प्रेमलाई कलात्मक रुपमा उठाएको छ ।
गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै सर्जक कँडेलले सबै बाट गीतले राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै कतिपय गीतहरू व्यवसायिक सफलताको लागि भन्दा पनि आफ्नो मनको रहरको लागि सिर्जना गरिने बताउँदै यो गीत समेत त्यस्तै प्रकृतिको गीत रहेको बताएका छन । दर्शक र गीतमा प्रतिक्रियाले आफूहरू उत्साहित भएको कँडेलको भनाइ छ ।
गणेश अधिकारी र दीपिका कँडेलका अभिनय रहेको गीतमा काजिस श्रेष्ठले निर्देशन गरेका छन । गीतलाई दीपिका म्युजिकले बजार व्यवस्थापन गरेको छ ।