जीवन साथीलाई सन्तोष देउजाले दिए २ करोडको घर उपहार

काठमाण्डौ । चर्चित युउटुव पत्रकार सन्तोष देउजाले आफ्नी जीवन साथीको जन्म दिनमा २ करोडको घर उपहार दिएका छन । उनले आफ्नो सामाजिक सञ्जाल फेशवुकमा जन्म दिनको शुभकामना दिँदै घर उपहार दिएका हुन । 

लामो समय रेडियो सञ्चालन गरेका देउजा ३ बर्ष अघिबाट मात्र युउटुव पत्रकारीमा लागेका हुन । उनले छोटो समयमै अत्यधिक चर्चा कमाउन सफल भएका छन भने सोहि अनुसार पैसा पनि कमाउन सफल भएका छन । गोप्पे स्रोतले दिएको जानकारी अनुसार उनले २ बर्षको अबधिमै ३ करोड हाराहारी कमाएको छन । उनले भरतपुर महानगरपालिकामा नयाँ घर बनाएका छन भने सो घरको मूल्य २ करोड मूल्य पर्ने अनुमान गरिएको छ । 

कपुर बोट युउटुव च्यानल मार्फत देउजाले दर्जनौं सन्सनीपूर्ण रिपोर्ट सार्वजनिक गरि सबै माझ चर्चामा आएका छन । 

 

प्रतिक्रिया