दशैंमा हवाई भाडा आकासियो, टिकट पाउनै मुस्किल

काठमाडौंं - चाडपर्वको सिजन चलिरहेको छ । यति नेपाली हिन्दुहरुको महान चाड बडादशैं मुखैमा आइपुगेको छ ।काठमाडौं उपत्यका लगायतका विभिन्न शहरी स्थानहरुबाट दशैं मनाउन घर जाने यात्रुहरु बढेपछि वायु सेवा तथा सवारी साधानमा चाप बढेको छ ।

हवाई तथा सवारी साधन खोज्नुपर्ने चपेटाले धेरै सर्वसाधारणलाई सताउन थालेको छ । यति बेला सडक तथा हवाई यात्राका लागि पनि टिकट बुकिङ्ग चलिरहेको छ ।जुन यात्रा गर्दा पनि सीट सुरक्षित गर्न र अतिरिक्त भाडाको तिर्न नपरोस् भनेर अग्रिम टिकट बुकिङ्ग काट्ने गरिन्छ । सडक यात्रा गर्दा सवारीहरुमा सीट क्षमता भन्दा बढी यात्रु बोक्ने र चर्को भाडा असुल्ने गरेका छन् ।

तर, हवाई यात्रा गर्नेहरुको हकमा त सिट क्षमताभन्दा धेरै यात्रु बोक्न सम्भव नभएपछि शुल्कको लागिभन्दा पनि सिट सुरक्षित गर्नकै लागि धेरैले अग्रिम टिकट बुकिङ गर्ने गर्छन् । विभिन्न गन्तव्यका लागि हवाई टिकट बुकिङ्ग ९० प्रतिशत सकिएको वायु सेवा कम्पनीहरुले बताएका छन् ।

अग्रिम टिकट बुकिङ्गसंगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुले टिकट भाडा पनि ह्वात्तै वृद्धि गरेका छन् । चाडपर्वको बेला घर जानका लागि धेरै यात्रुले हवाई टिकट खोज्ने र बुकिङ्ग गर्ने भएकाले भाडा पनि पनि वृद्धि गर्ने गर्दछन् । यद्यपि, नियमित उडान भइरहेको बेला तथा सामान्य मौसम हुँदा भने टिकटको भाउ सस्तो हुने गर्दछ ।

हवाई सेवा प्रदायक कम्पनी र गन्तव्यका आधारमा टिकटको मूल्य फरक–फरक हुने गरेको छ । नेपालका हवाई सेवा प्रदक कम्पनी यति एयरलाइन्स, बुद्ध, श्री, सौर्य, गुण लगायत सबै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि भाडा वृद्धि गरेका छन् ।

मूल्य वृद्धिसंगै सर्वसाधारणले सहज रुपमा टिकट पाउनै मुस्किल भएको छ । अघिपछि नियमित उडान भईरहेको बेला भन्दा दशैंको समयमा टिकट महंगो पर्दछ ।

अहिले काठमाडौंदेखि धनगढीको हवाई टिकट सबैभन्दा बढी महंगो देखिएको छ । उक्त गन्तव्यका लागि हाल ११ हजारदेखि १७ हजार रुपैयाँ तोकिएको छ । यो अन्य समयमा अर्थात नियमति उडान भईरहेको बेलामा भने ५÷६ हजार रुपैयाँ पर्ने गर्दथ्यो ।

आन्तरिक उडानमा काठमाडौंदेखि दोस्रो महंगो टिकट सुर्खेतको रहेको छ । उक्त गन्तव्यका लागि ११ हजारदेखि १५ हजार रुपैयाँसम्म तोकिएको छ ।

काठमाडौंदेखि सबैभन्दा छोटो दुरीमा रहेको काठमाडौं–सिमराका लागि भने ४ हजार १०० रुपैयाँ तोकिएको छ । काठमाडौंदेखि पोखाराका लागि भने ४ हजार १०० देखि ७ हजार रुपैयाँ तोकिएको छ । पोखराका लागि अघिपछि नियमित उडानमा भने १ हजार ८ सयदेखि बढीमा ३ हजार रुपैयाँसम्म कायम भएको थियो ।

यस्तै, भैरहवा ६ हजार ५०० देखि ८ हजार ६०० रुपैयाँ, नेपालगञ्ज ८ हजारदेखि १४ हजार रुपैयाँसम्म तोकिएको छ । त्यसैगरि काठमाडौं–जनकपुर ५ हजार १०० देखि ६ हजार, काठमाडौं–विराटनगर ७ हजार ५०० सयदेखि १० हजार २०० सय रुपैयाँसम्म हवाई भाडा तोकिएको छ । काठमाडौंदेखि तुुम्लिङ्गटारका लागि ८ हजार २०० र राजविराजका लागि ६ हजार रुपैयाँदेखि ८ हजार ७०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया