आधुनिक चेलीको बेदना बोकेको साइली रिमाइ दर्शकको नजरमा 

काठमाण्डौं । तीज गीतमा बुहारीको बेदना मात्र समावेश हुने पर्छ भन्ने छैन । समय चक्र अनुसार गीत सङ्गीतको प्रकृति पनि फेरिएको छ । यस्तै फरक धारको तीज गीत बिग्रेकी केटी भर्खर मात्र सार्वजनिक भएको छ । 

गीतले आधुनिक चेलीको भावना मात्र त्यक्त गरेको छैन समाजको विकृतिमाथि पनि कडा प्रहार गरेको छ । गीतमा जीवन प्याकुरेलले शब्द सिर्जना गरेका छन भने खेम सेञ्चुरीले लय सिर्जना गरेका छन  ।

गीतमा सुनिता बूढा तथा बेनिशा पौडेलको आवाजमा रहेका छ । गीतको दमदार पक्ष भनेको म्युजिक भिडियो समेत हो । भिडियोलाई निर्देशकले निकै मेहनत गरेको प्रष्ट देख्न सकिन्छ  बिन्दवासीनी म्युजिकले बजार व्यवस्थापन गरेको गीतमा काजिश श्रेष्ठले गीतको  निर्देशन गरेका छन भने अनु शाह र आभा थापाको अभिनय रहेको छ । 

 

प्रतिक्रिया