सानिमा लाइफको शेयर दोस्रो बजारमा आउँदै, कतिमा होला कारोबार ?


काठमाडौं–सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ पश्चात दोश्रो बजारमा शेयर किनबेच हुँदै छ । दोस्रो बजारमा आए पछि पहिलो शेयर कारोवार कतिमा होला ? आम लगानीकर्तालाई चासो छ ।


पहिलो कारोवार न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने अनुमान छ । सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६÷७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५÷७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ । 


यदि आर्थिक वर्ष ७६÷७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १०९ दशमलव ६७ को आधारमा रेञ्ज (१०९.६७ देखि ३२९.०१ ) तय हुने थियो तर आर्थिक वर्ष ७६÷७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो।  स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ ।
 

प्रतिक्रिया