काठमाडौं - थोरै तर स्तरीय सिर्जना गर्ने युवा सर्जक तथा गायक भगीरथ चलाउनेको नयाँ तीज गीत छोटो समयमै निकै चर्चित बनेको छ ।
गीत सार्वजनिक भएको केही दिन मै उत्कृष्टको सूचीमा समेत परेको छ भने लाखौं दर्शक पनि बा आएको छ । गीतलाई सामाजिक सञ्जाल TikTok मा ५० हजार भन्दा धेरै भिडियो बनाइएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको उनको पछिल्लो गीतको अडियो र भिडियो निकै दमदार रहेको छ । गीतलाई भगीरथ चलाउने र सुनिता बुढाले आवाज दिएका छन् भने बोम बहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन् भने लय भने गायक चलाउने कै रहेको छ ।
गीतलाई कुशल निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने भगीरथ र गीत ढुङ्गानाको अभिनय रहेको छ ।